इटहरीः इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीसहित एक प्रहरी निरीक्षकलाई विभिन्न मुद्दामा आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम मागेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण सोधिनेमा भण्डारीसहित मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारी छन् । तीनजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले लिखित स्पष्टीकरण सोधिएको हो । डिएसपी भण्डारीसहित सबैलाई बिहीबारको मिति राखी २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।

गत वैशाखमा इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा मुद्दा नचलाउने भन्दै प्रहरीले आर्थिक चलखेल गरेको थियो । कटवाल विरुद्धको जाहेरी प्रहरीले १७ दिनपछि मात्र दर्ता गरेको थियो । यस घटनामा इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको आरोप छ । 

कटवालसंग २३ लाखसम्मको डिल भएको स्रोतले बताएको छ । तत्कालका लागि ५ लाख लिएको र पछि बाँकी पैसा दिने शर्तमा कट्वाल पक्राउ परेका भोलिपल्टै छुटेका थिए । पछि महिला आधारशिला सुनसरीको दवावमा निवेदन दिएको ३ दिनपछि मात्र मुद्धा दर्ता भएको थियो । मुद्धा दर्ता गर्न सहोग गरेको भन्दै प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठ र डिएसपी भण्डारीको योजनामा तत्कालिन महिला सेलकी यसोदा कार्कीर्लाई राजिनामा दिन बाध्य बनाएका थिए । उनीलाई  मात्रै होईन थप केही प्रहरी कर्मचारीहरुर्ला जिम्मेवारी नै हेरफेर गरेका थिए । 

ith-police 111

महिला अधिकारकर्मीहरूको दबाबमा जेठ १३ गते जबरजस्ती करणी उद्योगमा सो मुद्दा दर्ता भएको थियो । यस्तै इटहरी ९ को रिभर साइड रिर्सोटमा छापा हानि ६ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको घटनामा पनि इटहरी प्रहरीले आर्थिक चलखेल गरी ६ जनालाई छाडेको आरोप छ । बैङ्कका कर्मचारी र एक महिला यौन गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको घटनामा महिलालाई मात्र मानव बेचबिखनको मुद्दा चलाइएको थियो ।

इटहरी २० मा झगडा हुँदा ट्याक्टरले किचेर मृत्यु भएको घटनामा पनि प्रहरीले एक जनालाई प्रतिवादी नबनाउने भनेर रकम माग गरिएको थियो ।

इप्रका इटहरीमा कार्यरत केही प्रहरीले विभिन्न मुद्दामा आर्थिक रकम माग गरेको गुनासो र प्रमाणको आधारमा प्रहरीलाई स्पष्टीकरण सोधिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । जिरो टोलोरेन्समा काम गर्न प्रहरीलाई निर्देशित गरिरहेको अवस्थामा प्रहरीकै विरुद्ध गुनासो आएपछि आर्थिक रकम लिएको विषयमा छानबिन गर्न समेत भनेको उनले बताए ।