इटहरीः इटहरी २० तरहरामा संचालित एप्पल मन्टेश्वरी स्कूलका संचालक सन्तोष कटवालले आफ्नै स्कुलमा काम गर्ने युवती(कर्मचारी)लाइ जवरजस्ती करणीको प्रयास गरेको मुद्धामा इलाका प्रहरी कार्यालय इटहरीले आर्थिक चलखेल गरेको सार्वजनिक भएसंगै सो मुद्धाको मिसिल सहित सबै कागजात जिल्ला प्रहरी कार्यालय सुनसरीले झिकाएको छ ।
सो मुद्धा अब जिल्ला प्रहरी कार्यालय सुनसरीले हेर्नेगरि मिसिल सहितका सबै कागजात इलाका प्रहरी कार्यालय इटहरीबाट झिकाएको प्रहरी स्रोतले जनाएको छ । आर्थिक चलखेल गरि मुद्धालाइ कमजोर बनाउन इलाका प्रहरी कार्यालय इटहरीले पिडक कटवालको बयान नै परिर्वतन गर्नेसम्मका कार्य गरेको थियो ।
मन्टेश्वरी स्कुलका संचालक कटवालले गरेको घटनामा इलाका प्रहरी कार्यालय इटहरीले आर्थिक चलखेल गरेको पुष्टि पीडित युवतीलाइ गरिएका बिभिन्न गतिविधिले गरेको इटहरी २ स्थित आमा समूहकी सल्लाहाकार एव्म महिला अधिकारकर्मी शारदा राई बताईन् । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय इटहरीको मुद्धा फाँटबाट प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठको नेतृत्वमा प्रकृति मुचुल्का उठाएपनि पक्राउ परेको भोलिपल्टै सन्तोष कटवाललाइ छोड्नु र कटवालले तरहराभरी सबै कुरा पैंसामा मिलाए भन्दै हिड्नुले पनि घटनामा प्रहरीले आर्थिक लाभ लिएको स्पष्ट हुने उनको भनाई छ । पिडित युवती र उनका बुबालाइ पनि पैंसा दिएर घटना मिलाएकाले छुटेर आएको भन्ने नहुने हल्ला गरिएपछि पिडित युवती रुदै रुदै आफुहरुको सम्पर्कमा आएपछि थप अधिकारकर्मी महिलाहरुको सम्पर्कमा पिडित युवतीलाइ पुर्याइ न्यायका लागि इलाका प्रहरी कार्यालय इटहरी पुगेको उनले जानकारी दिईन् ।
अर्की महिला अधिकारकर्मी योसा गुरागाँईले सन्तोष कटवालको मात्र घटनामा नभई धेरै जसो महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटनामा इलाका प्रहरी कार्यालय इटहरीको भूमिका पिडितलाइ उल्टै पिडा दिने, निरास बनाउने र पिडकलाइ फाइदा पुग्ने गरिका गतिविधि धेरै भइरहेको आफुले दर्जनौं घटनामा अनुभुत गरेको बताइन् । प्रहरीले पिडितलाइ राहत हुने खालका गतिविधि गर्नुको साटो पिडकलाइ उन्मुक्ति दिने खालका कार्यबाट प्रहरीले यस्ता घटनामा आर्थिक लाभ लिन्छ भन्ने आधार र प्रमाणहरु धेरै रहेको गुरागाँइले बताइन् ।
इलाका प्रहरी कार्यालय इटहरी महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटनामा कहिले पनि सूचना मैत्री बन्नै नसकेको गुरागाँइले बताइन् । पिडित, पिडितका पक्षबाट वकालत गर्ने अधिकारकर्मी र आफन्तलाइ मुद्धाका बारेमा साक्षी बक्कपत्र, पेशी कुन मितिमा हुँदैछ ? मुद्धा के कसरी चलिरहेको छ ? जस्ता बिषयमा जानकारी नै नदिने र दिएपनि सकेसम्म पिडितलाइ मात्रै बोलाउने काम गरिएको उनले बताइन् । एक्लै बोलाएर पीडितलाइ नानाथरी कुरा गरि थप पीडा दिने काम पनि इलाका प्रहरी कार्यालय इटहरीबाट भएका प्रमाणहरु आफुसंग सुरक्षित रहेको उनले बताइन् । तरहराका सन्तोष कटवाल लगायतका धेरै महिला हिंसा र बलात्कार जस्ता घटनामा प्रहरीको माथिल्लो निकायले छानविन गर्न जरुरी रहेको उनको भनाइ छ । स्वतन्त्र रुपमा छानविन गरि दोषी ठहरीनेलाइ कडा कानुनी कार्वाह ीगर्न जरुरी भइसकेको गुरागाँइले बताइन् ।
इटहरी २० स्थित एप्पल ट्रि मन्टेश्वरी स्कुलका संचालक कटवाल संलग्न रहेको जवरजस्ती करणी उद्योग गरेको घटनामा पिडित बनेकी युवतीको मुद्धा दर्ताका लागि निवेदन लिएरसंगै इलाका प्रहरी कार्यालय इटहरी गएकी महिला आधारशिला सुनसरीकी अध्यक्ष शुशिला उप्रेतीले घटनामा प्रहरीले आर्थिक चलखेल गरेको सूचना उबेला नै आफुलाइ आएको बताइन् । आर्थिक चलखेल नभएको भए पक्राउ परेका सन्तोष भोलिपल्टै के कति कारणले छुटे त ? उनलाई छोड्ने अनुमति प्रहरीले सो बेला कहाँबाट पायो ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ इलाका प्रहरी कार्यालय इटहरीसंग नभएको उनको जिकिर छ । बलात्कार जस्तो जघन्य अपराधमा पिडित स्वय्म प्रहरी सामु उपस्थित भइ रोइ कराइ गरि न्याय माग्दा उल्टै हप्की दप्की गर्नु, बाघले झै झम्टनु जस्ता काम इलाका प्रहरी कार्यालय इटहरीबाट भएको उनले बताइन् । बलात्कार जस्ता घटनामा तत्काल पिडितको निवेदन दर्ता गरि कानूनी प्रकृयामा जानुको साटो सन्तोष कटवालको केसमा पिडितले निवेदन दिएको २ दिनपछि ठुलो दवावमा मात्र दर्ता गर्नु र निवेदन दिन गएको बेलुका अरुले उचालेको भरमा निवेदनमा जे पायो त्यही किन लेखाएकी भन्दै प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले पीडित युवतीलाइ प्रहरी कार्यालयभित्र हप्की दप्की गर्नुले कटवालसंग प्रहरीले राम्रै आर्थिक लाभ लिएको स्पष्ट भएको उप्रेतीको भनाइ छ ।
उनले जताबाट जसरी अनुसन्धान गरेपनि सन्तोष कटवाल संलग्न भएको घटनामा प्रहरीले लाभ लिने काम गरेकाले यसको निश्पक्ष्य रुपमा छानविन हुन पर्ने बताइ्न । सन्तोष उपर उसले गरेको अपाराध अनुसारको सजाय हुनु पर्छ र उनलाइ जोगाउन लागि पर्ने जो कोहीलाइ कानूनको दायरामा ल्याउन उनको माग छ ।
सन्तोष कटवाल संलग्न भएको घटनामा मात्र नभइ इटहरी २ र ३ मा पर्ने तालतलैयामा चौधरी थरका युवकले सोही थरकी युवतीलाइ बिष खुवाइ हत्या गर्न खोजेको घटनामा पिडित युवतीलाइ लिएर इलाका प्रहरी कार्यालय इटहरी जाँदा डिएसपी धर्मराज भण्डारी र मुद्धा फाँटका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले पीडकसंग मिलेर वडा अध्यक्षलाइ सोध्नुपर्छ भन्दै मुद्धा दर्ता नै नगरि ७२ घण्टा समय मागेका थिए । तर, डिएसपीलाइ नै भेटेर दवाव दिएपछि मात्र मुद्धा दर्ता गर्न राजी भएको उनले बताइन् ।
इलाका प्रहरी कार्यालय इटहरीका यसअघिका प्रहरी प्रमुख र मुद्धा फाँटका प्रहरी निरिक्षकहरुबाट महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटनामा यसखालका असहयोग तथा दवाव नै दिन नपरेको उनले बताइन् । तर,भण्डारी इलाका प्रहरी कार्यालय इटहरीको प्रमुख भएर आएका केही दिनबाटै मुद्धा फाँटमा पटक पटक गइ प्रहरी अधिकारीहरुसंग अनावश्य रुपमा विवाद गर्नुका साथै दवाव दिनु परेको उनको भनाइ छ । प्रहरीका यस्ता गतिविधिले उनिहरुको कार्यशैलीमाथ शंका गर्नु पर्ने ठाँउ धेरै नै रहेको उप्रेतीले बताइन् ।