ईटहरीः ईलाका प्रहरी कार्यालय ईटहरीले १५ बर्षीया बालिकालाई गर्भ बोकाई गर्भपतन गराउने एक क्रसर उद्योगमा कार्यरत पुरुषसंग मिलेर बालिकाको उजुरी नै नलिएको खुल्न आएको छ ।
एक महिना अघि भोजपुर स्थायीघर भइ इटहरी २० तरहरामा आफ्नी फुपुको घरमा बस्दै आएकी एक १५ बर्षीया बालिकालाइ धनकुटाको क्रसर उद्योगमा कार्यरत विकास लामाले फुपुको घरमा आउँदा बलात्कार गरेका थिए । फुपुको दवावमा पिडित बालिकाले तत्कालै घटना लुकाउन बाध्य भएकी थिइन् ।
बालिकाको फुपुको घरमै आउने जाने बस्ने गरेका लामा फुपुसंगै हिड्डुल समेत गर्दै आएका थिए । फुपुकै घरमा आउने क्रममा ती बालिकालाइ बलात्कृत भएकी थिइन् । पछि बालिकाको गर्भ बसेको चालपाएपछि फुपुले पिडक लामासंग मोटो रकम लिइ बालिकाको ५ महिना १५ दिनको गर्भ फ्याक्ने काम भएको थियो ।
पिडित बालिकाका अनुसार भित्र भित्रै फुपुले पिडक लामा कुराकानी मिलाइ इटहरीको गोरखा डिर्पामेन्ट अगाडी संजिव खड्काले संचालन गर्दै आएको मकालु मेडिकल हलमा ल्याएर गर्भपतन हुने औषधी खुवाउने काम भयो । त्यसअघि नै फुपुले लामालाई तरहराबाट भगाई काठमाण्डौं पठाईसकेको पछि आफुले चाल पाएको पिडित बालिकाले बताईन् ।
गर्भपतन हुने औषधी खाएपछि शरिररले थाम्न नसक्ने गरि रगत बग्न थालेपछि बालिका पिडक लामा, फुपु राजकुमारी राई र मेडिकल विरुद्ध उजुरी हाल्नका लागि पटक पटक आफन्त लिएर इलाका प्रहरी कार्यालय इटहरी आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय इटहरीको मुद्धा फाँटका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठलाई मुद्धा दर्ताका लागि निवेदन लिन अनुरोध गर्दा पिडक लामाको पक्षमै लागेर निवेदन लिन अस्वीकार गरेको पिडित बालिकाले बताईन् । आफुहरु निवेदन दिनका लागि इटहरी प्रहरी भएको कुरा डिएसपीलाई समेत जानकारी गराएपनि मुद्धा दर्ताका लागि निवेदन नै नलिएको पिडित बालिकाले बताइन् । इलाका प्रहरी कार्यालय इटहरीले मुद्धाका लागि अनेक बहना बनाई मुद्धाका लागि निवेदन लिन नमानेपछि आफु आफन्त लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी गएको बालिकाले बताईन् । पिडित बालिकाका अनुसार डाक्टरले शरिरमा रगतको कमी भएको बताएको छ । ३ पाउण्ड फ्रेस रगत शरिरमा लगाउनु पर्ने छ । ए पोजेटिभ ब्लड गु्रप भएकाले आफु खोजीमा रहेको र पाउन साथ आफन्तका साथमा रगत लगाउने उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी गएकै दिन निवेदन दर्ता भई पिडक लामा, फुपु र मेडिकल विरुद्ध मुद्धा चलेको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले पिडिक बालिकाको फुपु राजकुमारी राइलाइ पक्राउ गरिसकेको छ । पिडक लामा र मेडिकल संचालक खड्का भने फरार रहेका छन् ।
गर्भपतन गराएको बिषयमा निवेदन दिन भनेर आफु कहाँ ती पिडित बालिका इलाका प्रहरी कार्यालय इटहरी आएको मुद्धा फाँटका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले बताए । उनले भने –’ती बालिका एक दुई पटक इलाका प्रहरी कार्यालय इटहरी आएकी हुन् । मैले फेरी आउनु आउनु भनेर बोलाएकै हो , अब के कति कारणले आइनन्, हामीलाई थाहा भएन् । उनको मुद्धा जिल्लाले हेरिरहेकाले अहिले यो बिषयमा म धेरै बोल्दिन ।’
पिडकसंग प्रहरी मिल्यो भन्ने आरोप पिडित पक्षको छ नि त भन्ने प्रश्नमा प्रहरी निरिक्षक श्रेष्ठले इटहरीमा त १ करोड, २५ लाखसम्म प्रहरीले पैंसा खायो भन्ने आरोप छ नी हामीलाइ , प्रमाण त हुनुपर्छ होला नी । आरोप लगाउँदैमा हुन्छ र ? अब हाम्रा बिषयमा छानविन भईरहेको छ , केही आउँला नी त भन्ने जवाफ दिए । उनले प्रहरीमाथि लगाएको आरोपका बिषयमा कार्यालयका प्रमुखसंग पनि जिज्ञासा राख्नु पर्ने हो नी, तर पत्रकारहरुले त्यसो नगरिदिदा आफुहरुलाई दुःख लागेको गुनासो गरे ।