ईटहरीः ईलाका प्रहरी कार्यालय ईटहरीले बुधबार दिउँसो ईटहरीबाट पक्राउ गरेको ६ जना जुवाडेहरुलाइ राती नै छाडेको छ ।
ईटहरीको आईसिनेमाको पछाडी पट्टीको एक फलफुल व्यपारीको घरमा जुवा जन्य खेल भईरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।
ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले सो घरमा छापा हानि तास खेलिरहेका ६ जना पक्राउ गरेको थियो । पक्राउ गरेको केही समयमै एक जनालाई रमिता मात्र हेर्न बसेको भन्दै प्रहरीले तत्काल छाडेको थियो ।
७० हजार नगद तास बरामद गरेको थियो । पक्राउ परेका ५ जनालाई पनि राती करिब १० बजे तिर प्रहरीले कार्वाही विना छाडेको छ । छाडिएका उनिहरु व्यपारी भएको बुझिएको छ ।
कोरोना संक्रमणको महासंकटका कारण पक्राउ परेकाहरुलाइ राख्ने उपयुक्त स्थान अभावले पछि कानूनी कार्वाहीगर्ने शर्तमा राती छाडिएको ईलाका प्रहरी कार्यालय ईटहरीका मुद्धा फाँटका प्रमुख प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले बताए । उनले जसरी भएपनि उनिहरुलाई पछि कानूनी कार्वाही हुने दावी गरे ।