इटहरीः जबरजस्ती करणी उद्योग लगायतका मुद्धामा आर्थिक चलखेल गरेको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख सहित ३ प्रहरीमाथि छानविन गर्न बनेको समितिको कार्यप्रति महिला तथा मानवअधिकारर्कीहरुले आशंका व्यक्त गरेका छन् । प्रहरी उच्च स्रोतका अनुसार छानविन समिति प्रतिवेदन तयार पारिसकेको र आज या भोलि भित्रमा बुझाउने योजनामा रहेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर र संघीय इकाइ प्रहरी कार्यालय कोशी धरानबाट अलग अलग २ वटा छानविन समिति निर्माण गरिएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका तर्फबाट प्रहरी उपरिक्षक दीपक पोख्रेल र संघीय इकाइ प्रहरी कार्यालय धरानका तर्फबाट जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक विनोद शर्माको संयोजकत्वमा छानविन समिति निर्माण भएको थियो ।
२ समिति मध्ये प्रदेश नम्बर १ प्रहरी कार्यालयको तर्फबाट बनेको छानविन समितिको संयोजक दीपक पोख्रेलको विराटनगरको रानी स्थित प्रहरी गणमा सरुवा भएको छ । गणबाट सुदिपराज भण्डारी प्रदेश प्रहरी कार्यालय विराटनगर पोख्रेलको स्थानमा सरुवा भएका छन् । सरुवा भएसंगै पोख्रेल केही दिन विदामा बसेका छन् । उनले प्रयोग गर्ने मोबाइलको स्वीच अफ छ । प्रहरी उच्च स्रोतले पोख्रेल नहुँदा शर्माले आफुखुसी प्रतिवेदन तयार पार्ने संभावना धेरै रहेको दावी गरेको छ ।
छानविन समिति निर्माण भएको भोलिपल्टै गत बिहिबारबाट काम थालिएको थियो । छानविन समितिले आर्थिक चलखेलमा संलग्न भनिएका आरोपित इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारी, मुद्धाफाँटका प्रमुख मानप्रसाद श्रेष्ठ र महिला सेलकी प्रमुख कृष्णकुमारी अधिकारीलाई भेटेर सोधपुछ गर्ने कार्य बाहेक अन्य सरोकारवालाहरु कोहीसंग पनि नभेटेको बुझिएको छ ।
कुनै पनि प्रकृतिको घटनाको छानविन हुँदा सो घटनामा जोडिएका सबै पक्षलाई अनिर्वाय भेट्नु पर्ने हुन्छ । तर, बनेको प्रहरीको २ वटा छानविन समितिले घटनाका पिडित , उनका आफन्तहरु र पिडितका पक्षबाट लड्ने महिला तथा मानवअधिकारर्कीहरुलाई नभेट्नुले छानविन समितिको कार्यप्रति थुप्रै शंक ागर्ने ठाँउ रहेको मानवअधिकारकर्मी एव्म मानवअधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईले बताए । छानविन समितिको काम गराइले झारा टार्ने र आरोपित प्रहरी अधिकारीहरुलाइ चोख्याउने खेल बाहेक अरु केही नभएको भट्टराइको दावी छ ।
छानविन समितिले अरु सरोकारवालाहरुसंग नभेटी आफ्ना परिवार, संगठनका मान्छेसंग मात्रै भेटेर बनाएको रिर्पोटको कुनै अर्थ नहुने भट्टराईको भनाई छ । उनले छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि के कसरी अगाडी जाने भन्ने निर्णय लिने बताए ।
इटहरी २० तरहरामा संचालित एप्पल ट्रि मन्टेश्वरीका संचालक सन्तोष कटवालले स्कुलमा कार्यरत एक महिला कर्मचारीलाइ जबरजस्ती करणीको प्रयास गरेको घटनामा शुरुका दिनबाटै पिडित युवतीको पक्षबाट कानूनी लडाइमा साथ दिइरहेकी महिला अधिकारकर्मी शारदा राईले कटवाल संलग्न भएका घटना सहितका अन्य घटनामा आर्थिक चलखेल भएको बिषयमा प्रहरीले २ वटा छानविन समिति बनाएको खबर पाएपनि समितिका कसैले पनि पिडित र आफुहरुलाइ नभेटेको बताइन् । प्रहरीको यसखालको कार्यले उनिहरुले आगामी दिनहरुमा गर्ने काममा विश्वास र भरोसा गर्ने ठाँउ नै नरहेको उनको भनाइ छ । उनले कसैलाइ नभेटि बनाइको छानविन प्रतिवेदनलाइ मान्यता दिएमा आफुहरुपनि मानवअधिकार आयोग, महिला आयोग, गृह मन्त्रालयसम्म पुग्ने बताइन् ।
छानविन समितिले सहि प्रतिवेदन सार्वजनिक नगरे समितिकै विरुद्ध महिला आयोग र मावअधिकार आयोगमा उजुरी दर्ता गर्ने मानवअधिकार सञ्जाल सुनसरीकी सदस्य एव्म महिलाअधिकारकर्मी योसा गुरागाँइले बताइन् । उनले छानविन समितिले आरोपित प्रहरीलाइ मात्रै भेटेको सूचना पाएपछि आपत्ति जनाउँदै प्रहरीका उच्चतहका प्रमुखलाइ कुरा राख्दा प्रतिवेदन सहि आउने आश्वासन चाँही दिएको बताइन् । उनले भनिन् –’दोषीलाइ जोगाउने खेलमा छानविन समिति लागेको पाएमा इटहरी प्रहरीमा बलात्कार र महिला हिंसा जस्ता घटनामा पिडितहरुलाइ थप पिडा दिने र पिडकलाइ उन्मुक्ति दिने खालका धेरै घटनाहरुका प्रमाणहरु आफुहरुसंग सुरक्षित रहेकाले ती प्रमाण सहित महिला आयोगमा उजुरी दर्ता गर्नुको विकल्प हुँदैन ।’
महिला बलात्कार र हिंसाका घटनामा पिडकसंग मिलेर पिडितलाइ पिडा दिने मुद्धा फिर्ताका लागि दवाव दिनुका साथै पैंसामा मिल्नु भन्ने प्रस्तावसम्म ल्याएर यसअघि नै विवादमा आएका डिएसपी विनोद शर्मालाइ छानविन समितिको संयोजक बनाएकाले शर्माले सहि तरिकाले कार्य गर्नेमा आफुहरुलाइ नै नरहेको महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले बताइन् । शर्माले मुद्धालाइ प्रभावित पार्न कृष्णदासबाट बलात्कृत भएकी महिला र उनको परिवारलाइ जंगलमा लगेर २ घण्टा राखेर मानसिक यतना दिनुका साथै पैंसा मिल्न प्रस्ताव नै राखेको प्रमाणआफुहरुसंग सुरक्षित रहेकाले उनले सुनसरीमा भएका पछिल्ला बलात्कार जस्ता जघन्य अपराधमा आर्थिक चलखेल गरेको भन्ने आरोप लागेका प्रहरी अधिकारीहरुमाथि निश्पक्ष्य तरिकाले छानविन गर्छन् भन्ने झिनो विश्वास नरहेको उप्रेतीले बताइन् । उनले प्रहरी संगठनले जनताको विश्वास जित्ने गरि माथिल्लो तहबाटै अर्को छानविन समिति बनाउन जरुरी रहेको बताइन् ।
संघीय इकाइ प्रहरी कार्यलय धरानका प्रमुख राजेन्द्रप्रसाद चौधरीसंग सबै कुरा राखेको र वहाँले आफु राम्रोसंग कुरा बुझेकाले घटनाप्रति गम्भिर रहेको बताउनु भएको उप्रेतीले बताइन् ।
यता इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी धर्मराज भण्डारी भने आफु र आफ्नो कार्यलयको तर्फबाट कुनै गल्ती नभएको बताउँदै आएका छन् । उनी लगायत तीन प्रहरीलाइ बलात्कार जस्ता जघन्य अपराधमा लिखित स्पष्टीकरण सोधिएको , छानविन समिति बनेको , महिला सेलकी हबल्दारलाइ राजिनामा दिन बाध्य बनाएको बिषयमा आएका समाचारमा आफ्नो भनाइ राख्ने अवसर संचारमाध्यले नदिएको भन्दै विज्ञप्तीवाजी गर्दै हिडिरेका छन् । उनले विज्ञप्ती निकालेर आफु चोखिनका लागि आफ्ना बिषयमा समाचार आएका अनलाइन मिडियाहरुमा पठाउने काम पनि गरेका छन् ।