इटहरीः जिल्लामा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रतिदिन थपिदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले थप ७ दिन निषेधित क्षेत्र घोषणा गरेको छ । सुनसरी जिल्ला प्रसाशन कार्यालयले बिहान बसेको बैठकले तेश्रो पटक ७ दिन म्याद थप्दै जिल्लालाइ पुनःनिषेधित क्षेत्र घोषणा गरिएको हो । गत साउन २१ गते राती १२ बजे देखि घोषणा भएको निषेधित क्षेत्र तेश्रो पटक म्याद थप्दै आगामि भदौ १४ गते सम्म पुर्याइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए ।
कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या बढन थालेपछि थप सुरक्षा सतर्कता अपनाउदै जिल्लालाइ आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रसाशनले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र घोषणा गरेसंगै मुख्य शहरहरू धरान , इटहरी , इनरूवा लगायतका बजार ब्यवसाय ठप्प रहने भएको छ । अति आवस्यकिय सेवाहरू बाहेकका सवारी साधन र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गर्न प्रसाशनले आग्रह समेत गरेको छ ।