धरानः मोरङकी १६ बर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा सुनसरीको भोक्राहा नरसिंह गाँउपालिकाका एक युवालाइ इलाका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ ।

प्रहरीले फकाएर मोरङबाट धरान ल्याएर जबरजस्ति करणी गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ ठेगाना भएपनि रामधुनी ५ झुम्का बस्ने ४६ बर्षीय मोहमद ईर्साद अलामलाई पक्राउ गरेको हो ।

उनले साउन २६ गते मोरङकी १६ बर्षीय एक बालिकालाई धरान १८ स्थित कान्तिपुर नामक होटलमा ललाईफकाई ल्याएको र जर्बजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले आइतबार उजुरी दिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उजुरी परेपछि मोहमदलाई पक्राउ गरि जर्बजस्ती सोमबार करणी मुद्दाको अनुसन्धानको लागि आज म्याद थप गरिएको प्रहरीले जनाएको छ ।