इटहरीःसुनसरीको इटहरी उपमहानगरपालिका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २५ गते संकलन गरिएको स्वाव मध्ये सोमवार १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेहरु इटहरी ८ का ३ जना ५ वर्षीय पुरुष र २५,३२ वर्षीय महिला, इटहरी ९ का १ जना ५८ वर्षीय पुरुष र इटहरी १० का १ जना १९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै इटहरी १२ का ६ जना ६, १३, ३०, ३५ र ४२ वर्षीय महिला र ४६ वर्षीय पुरुषमा कारोना पुष्टि भएको छ ।


त्यसैगरी इटहरीबाट स्वाव संकलन गरी प्रदेश ल्याबमा पठाइएको दुहवी १२ का ३० वर्षीय पुरुष र सुन्दरहरैंचा ६ का २० वर्षिय महिलाको समेत संक्रमण पुष्टी भएको छ । इटहरीमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ३० पुगेको छ ।