इटहरीः बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डललाई पक्राउ गरेको हो ।
धरान ४ का श्रेष्ठलाई नाता पर्ने १७ वर्षीया बालिकालाई धम्की दिएर पटक पटक करणी गरेको भन्दै आएको जाहेरीका आधारमा उनिहरुलाई बुधबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार पक्राउ परेका श्रेष्ठमाथी जबरजस्ताी करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ । धरान १६ का मण्डलले भने सोहि वडाकी १३ वर्षीयबालिकालाई जबरजस्ताी करणी गरेको अभियोगमा मंगलबार पक्राउ गरेको हो । मण्डलमाथी जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको पनि बस्नेतले जानकारी दिएका छन् ।