इटहरीः विभिन्न समयमा मोबाइल हराएर इलाका प्रहरी कार्यालय इटहरीमा खोजिका लागि जाहेरि दिनेलाई मोबाइल लिन आउन अनुरोध गरेको छ । गत भदौ ४ गते अन्तिम पटक मोबाइल खोजेर सम्बन्धीत व्यक्तिलाई फिर्ता गरेको इलाकाले त्यसपछि जाहेरी दिनेलाई मोबाइल लिन आउन अनुरोध गरेको हो ।

इलाकाका प्रहरी नायव उपरिक्षक अर्जुन केसिले भदौपछि जाहेरी दिने मध्ये ३८ जनाको मोबाइल भेटिएको जानकारी दिए । ति मध्ये केहिले सोमबार आफ्नो मोबाइल लिएर गएका र बाँकीलाई पनि लिन आउन उनले अनुरोध गरे ।