इटहरीः अछामका विभिन्न पालिकामा पहिरो जाँदा आठ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

जिल्लाको ढकारी गाउँपालिका ६ मा दुई जना, तुर्माखाद गाउँपालिका–५, काँडामा दुई जना र कमलबजार नगरपालिका ६ मा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार कमलबजारमा तीन जना र तुर्माखाँदमा सात जना अझै बेपत्ता रहेका छन् । तीन जनालाई घाइते अवस्थामा फेला पारी उद्धारका लागि हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ ।