इटहरीः अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । थप ६ जना बेपत्ता छन् । 

कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए ।

उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलवजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठ जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका, ५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको छ । थप पाँचजना पहिरोमै पुरिएका छन् ।