जनकपुरधामः  धनुषा क्षेत्र नम्बर २ ‘ख’ बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार यादवले ९ हजार ५६६ मत प्राप्त गरे । एमालेका सञ्जीवकुमार सुरजले ९ हजार २०४ मत प्राप्त गरे ।