इटहरी : विराटनगरका औषधी व्यवसायी देवी प्रसाद दुलालको आफ्नै श्रीमतीको योजनाबाट हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ ।इटहरी १२ ठेगाना भएका ३३ वर्षीय दुलाल आइतबार बिहान शङ्कास्पद अवस्थामा उनकै डेराबाट मृत भेटिएका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार उनको हत्यामा श्रीमती र अर्को एक व्यक्ति संलग्न भएको दाबी गरिएको छ । दुलालले सञ्चालन गरेको देवी माँ पाथीभरा फर्मामा तीन महिना अघि काम गर्ने यादव थरका एक व्यक्ति र उनको श्रीमती मिना श्रेष्ठ दुलालको पूर्व योजना अनुसार शनिवार राती डोरीले घाँटी थिचेर हत्या गरेका हुन् ।
यादव थरका ती व्यक्तिलाई राती मिनाले घरमा बोलाएर हत्या गरेको देखियो प्रहरी स्रोतले भन्यो ुघटनामा प्रयोग भएको डोरी बरामद भइसकेको अवस्था छ र यादव पनि पक्राउ परिसकेका छन्ु।
यादव र मिना बिच अवैध सम्बन्ध रहेको र दुलालले केही दिन अघि थाहा पाएपछि दुलाल परिवारमा विवाद भइरहेको समेत बताइएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गर्ने तयारीमा छ ।
https://pradeshportal.com/news/8754