इटहरीः तेह्रथुममा प्रेमीसंग होटलमा बसेकी स्वास्थ्यकर्मी (नर्स) तनुजा कार्कीले आत्महत्या गरेपछि आफन्तले पिडक माथि किटानी जाहेरी दिएका छन् ।
तेह्रथुमको सदरमुकाम म्याङ्लुङको एक होटलमा आत्महत्या गरी ज्यान गुमाएकी मोरङ उर्लाबारीकी २४ वर्षीय तनुजा कार्कीको हत्यामा सलंग्न रहेको आरोपमा उक्त घटनामा दोषि देखिएका खम्बासिहं तामाङ माथि मृतकका बुवा दुर्गाराम कार्कीले जिल्ला प्रहरी कार्यालय तेह्रथुममा आत्महत्या दुरुत्साहन मुद्धामा किटानी जाहेरी दिएका हुन् ।
आफ्नी छोरीलाई प्रलोभन देखाई, ललाई फकाई माया जालमा पारी बिभिन्न कारणले हत्या गर्न बाध्य बनाउने तामाङ माथि गत १५ गते प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । साथै प्रहरीलाई घटनाको सत्यतथ्य छानबिन गरी पिडकलाई हदै सम्मको कारर्बाही गर्न पनि कार्कीले अनुरोध गरेका छन् ।
घटनामा दोषी ठहरिएका पिडक तामाङले नाटकीय शैलीमा बिबाह भएको भन्दै प्रहरीलाई बताएका थिए । तर प्रहरीले ति पुरुषमाथि शंका लागेर विबाहको प्रमाण मागेका थिए । उनले कागजी रुपमा बिबाह नभएको बताएपछि पिडक पुरुषले बोली फेरी हाम्रो सम्बन्ध २ वर्ष अगाडी देखि भएको तर सिंदुर पोते गरेर बिबाह गर्ने सोच रहेको बताएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।
त्यसछि उनको नाटकीय शैलीको पर्दाफास प्रहरीले गरेको छ । ति पिडक पुरुषले मृत्यु भएकी नर्सको पेटमा ४ महिना गर्भ समेत रहेको बताएका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत १५ गते पोष्टमार्टम गर्दा गर्भ नभएको अस्पतालले मौखिक जानकारी दिएको छ ।
उनलाई १६ गते परिवारको रोहबरमा दाहसंस्कार गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता तेज प्रसाद दाहालले घटनामा पुर्ण हात तिनै पुरुषको रहेको बताएका छन् । उनले प्रदेश पोर्टल सग कुरा गर्दै भने– ‘दोषीलाई घटना घटेको दिन नै पक्राउ गरि २५ दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । महिलाको लास पोष्टमार्टमका लागि वीपी प्रतिष्ठान पठाइएको त्यस पछिको महिलाको रिपोर्ट काठमाडौं पुर्याएर ल्याउनु पर्ने भएकाले अबको केही दिनमा उक्त रिपोर्ट आएपछि विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाहि गछौं ।’
पिडक पुरुषको घर नुवाकोट तारेकेश्वर नगरपालिका भएपनि उनी बिगत २ वर्ष देखि मृत महिला काम गर्ने मेन्छयाम गाउँपालिकाको स्वास्थ्य चौकीको  भवन निमार्णका लागि ठेक्का लिएर काम गर्दै आएका थिए । उनले केही बर्ष अगाडी नै विबाह गरी घरमा श्रीमती रहेको बुझिएको छ ।

यो पनि: तेह्रथुममा मृत्यु भएकी नर्सको हत्या कि आत्महत्या ? प्रेमी पक्राउ