इटहरी :इटहरी २० का ३० बर्षीय राजन राईको हत्यामा संलग्न भई फरार भएका ३ जनाको खोजी कार्य प्रहरीले तिब्र बनाएको छ । उनिहरुको खोजीका लागि प्रहरीले एक बिषेश अनुसन्धान टोली परिचालन गरिएको छ । उनिहरु भाग्नसक्ने सबै गौडाहरुमा प्रहरीले बिषेश निगरानी बढाएको छ ।  प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीको बिषेश अनुसन्धान टोलीले फरारहरुको खोजी कार्य व्यापक बनाएको छ । फरारहरु इटहरी भित्र नै लुकेर बसेकाले साँझसम्ममा पक्राउ परिसक्ने प्रहरीले जनाएको छ । 

यसरी भयो राजनको हत्या

आइतबार अपरान्ह ४ बजे तिर मृतक राजन राईको घरमा बसेर उनका दाई,लक्ष्मण गुरुङ गरी तिन जनाले मादक पदार्थ सेवन गरेका थिए । मृतक राईका दाजुको घर पञ्चायन भएकाले उनीहरु दुईवटा मोटरसाइकलमा दाईलाई घर पुर्याउन गएका थिए ।

दाईको घर पुगेर एउटै स्कुटीमा बेलुका करिब ७ बजेतिर तिनै जना फर्केका थिए । यता आफ्नो छिमेकी दखले भनिने खिलानाथ घिमिरलेलाई फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो । भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई म कुटेजस्तो गर्छु, के गर्दो रहेछ जिस्काउँ समेत मृतक राईले भनेका थिए ।

जिस्किदाँ जिस्कदैँ उनीहरुबीच सामान्य बिबाद भएको थियो । सामान्य इस्युलाई ठूलो भएको र छुरा प्रहार भएको प्रहरीको भनाई छ । छुरा प्रहार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले झडप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि इटा प्रहार भएको थियो । त्यस मध्ये इटाले राजनलाई कस्ले हाने भन्ने समेत खुलको छैन । बिबाद छुट्याउन खोज्दाखोज्दै मृतक राई माथि कस्ले तिन पटक सम्म छुरा हान्यो भन्ने बारे प्रहरी आफैं अलमलिएको छ । त्यहाँ भएका प्रत्यक्षदर्शीले समेत यस्ले हो भन्न सक्दैनन् । प्रहरीले सिसिटिभि फुटेज हेरे पनि घटनामा ६ जना रहेको तर छुरा प्रहार गरेको ठाउँमा अध्यारो भएकाले टिभिमा स्पष्ट नदेखिएकाले प्रहरीलाई समस्या भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेन्टर मानप्रसाद श्रेष्ठले बताए । उक्त घटनामा दोषी देखिएका मध्ये प्रज्वल तामाङले नै हानेको सबैले अनुमान गरेका छन् उनी अहिले राती देखि नै फरार रहेका छन् । उनको खोजि तिब्र पारिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० बर्षीय प्रज्वल तामाङले पिछाडीबाट इटाले प्रहार गरेका थिए । पछि राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको अनुमान छ ।

 यो पनि : इटहरी २० तरहरामा गएराती छुरा प्रहार गरि एकको हत्या,

तरहरा हत्याकाण्डःप्रहरीले घटनास्थल पुगि मुचुल्का उठायो, सीसीटिभी फुटेज हेर्दै प्रहरी