इटहरी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन १ गते घुस सहित रङ्गेहात पक्राउ परेका लेखा अधिकृत विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले इटहरी उपमहानगरपालिका सुनसरीमा कार्यरत लेखा अधिकृत विकास पोखरेल विरुद्ध रू.६५ हजार घूस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।
अधिकृत पोखरेलले इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग घूस माग गरेको आरोप छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेलविरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।
यो पनि : लेखा अधिकृत पोखरेल घुस रकम सहित रंगेहात पक्राउ परेपछि इटहरी उपमहानगरको ध्यानाकर्षण (पत्र सहित)
यो पनि : इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोख्रेल ६५ हजार घुस सहित रंगेहात पक्राउ