इटहरीः आइतवार राती इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा स्थित एकता चौंकमा छुरा प्रहारबाट हत्या गरिएका २८ बर्षीय रादन(राजन) राईको हत्यामा संलग्न ३ जना मध्ये १९ बर्षीय प्रज्वल तामाङले आफुसंग भएको धारिलो हतियार प्रहार गरेको प्रहरीले दावी गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले गए राती करिब ९ बजेर ४५ मिनेटको समयमा प्रेस विज्ञप्ती प्रकाशित गरि प्रारम्भिक अनुसन्धानका क्रममा घटनाका दिन इटहरी २० निवासी अमित घिमिरेको घरमा तामाङसंग सामान्य विवाद भएको थियो । सोही कारण अभिषेक गिरी र अभिषेक पौडेल समेत मिलेर राई र घिमिरेलाई घेरा हालि काठमो लाठ्ठीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटकै क्रममा ३ जना मध्ये १९ बर्षीय तामाङले आफुसंग भएको फलामको धारिलो हतियारले राईको पेंट र छातिमा प्रहार गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । हतियार प्रहार पछि बाटोमै ढलेका राईलाई अमित घिमिरे र अनिल घिमिरेसमेतले उठाएर उपचारका लागि तत्कालै तरहराको नितान्त पोलिक्लिनिकमा लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा इटहरी २० स्थित एकता मार्गमा रहेको जागिरमान राईको घरको दक्षिण पश्चिम जाने वाटोमा राती ९ बजेर ४० मिनेटमा भएको हो । मृतक राई ढल्नसाथ तामाङ सहित ३ जना सो स्थानबाट फरार भएका थिए । घटनास्थलबाट प्रहरीले काठको लठ्ठी, धारिलो हतियार, चप्पल लगायतका सामाग्रीहरु फेला पारेको छ ।
राईको हत्यामा संलग्न ३ जनाले मृतक राई र दुई जना कक्षा १२ र एक जना कक्षा ११ मा अध्ययनरत रहेको समेत खुलेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका राईको हत्यामा संलग्न मध्येका मोरङको कानेपोखरी गाँउपालिका . वडा न. ५ जदाह समेत घर भई इटहरी २० बस्ने २० बर्षीय प्रज्वल तामाङ कक्षा १२ मा अध्ययनरत रहेका विद्यार्थी समेत हुन् । त्यसैगरि इटहरी २० एकता टोल निवासी केदार केसी गिरीका छोरा १९ बर्षीय अभिषेक गिरी कक्षा ११मा अध्ययन रहेको प्रहरीले जनाएको छ ।

tarhara 2
सो घटनामा संलग्न इटहरी २० निवासी घनेन्द्र पौडेलका छोरा २३ बर्षीय अभिषेक पौडेल कक्षा १२ मा अध्ययनरत रहेका थिए । आइतवार राती ९ बजेर २० मिनेटको समयमा भएको घटनामा फरार भएका उनिहरु आफै इटहरी प्रहरी सामु उस्थित हुन आईरहेको बेला मोरङको बाँसबारीबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय इटहरीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भने उनिहरुलाई ईटहरी उपमहानगरपालिका वडा नम्बर ११ खनार पुर्व वुढी खोला जाने सडकबाट पक्राउ गरेको दावी गरेको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोली र प्रदेश १ नम्बर प्रहरी कार्यालय विराटनगरको टोलीले संयुक्त रुपमा खोजी कार्य गर्दैै जाँदा खनारको बुढीखोला पुलबाट साँझ ६ बजे पक्राउ गरिएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राईको हत्यामा संलग्न मध्ये प्रज्वल तामाङका बुबा सई कुमार तामाङले आफ्नै पहलमा आफ्नो पुरानो घर मोरङको जदाहमा लुकेर बसेका आफ्ना छोरा सहित ३ जनालाई लिई प्रहरी सामु उपस्थित गराउन इटहरी प्रहरी कार्यालय तिर आउँदै गर्दा मोरङको बाँसबारीबाट प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

rrrrr
प्रहरीले प्रेस विज्ञप्तीमा उल्लेख गरेको विवरण यस्तो छ
जिल्ला सुनसरी ईटहरी उमनपा वडा न. २० एकता टोल वस्ने वुवा भिम प्रसाद राईको छोरा वर्ष २८ को रादन राई वेलायतमा आफ्नो श्रीमती परिवार सहित वस्दै आएकोमा करिव ३ महिना अघी छुट्टीमा आफ्नो घर नेपाल आएको लक डाउनको कारण भिषा हवाई टिकट रद्द गरी ऐ. स्थितमा रहेको वुवाको घरमा वस्दै आएकोमा मिति २०७७।२।१८ गते राती २१ः२० वजेको समयमा ऐ. वस्ने खिले भन्ने अमित घिमिरेको घरमा रादन राई र प्रतिवादी मध्येका ऐ. वस्ने प्रज्वल तामाङ सग सामान्य विवाद भई झै झगडा हुदा सोही विषयलाई लिएर ऐ. राती २१ः ४० वजेको समयमा मृतक आफ्नो घर तर्फ आउने क्रममा ऐ. २० स्थित एकता मार्गमा रहेको जागिरमान राईको घरको दक्षिण पश्चिम जाने वाटोमा निज लगायत अभिषेक के.सी. (गिरी) र अभिषेक पौडेल समेतले वाटो छेकी घेरा हाली मृतक र अनिल दाहाल समेतलाई लाठ्ठीले कुटपिट गर्नुको साथै प्रज्वल तामाङले आफ्नो साथमा रहेको फलामको धारिलो छुराले कोखा र छातीमा प्रहार गरी शक्त घाईते वनाई घटनास्थलमा नै लडि रहेको अवस्थामा ऐ. वस्ने मृतकको साथी वर्ष ३१ को लक्ष्मण गुरुङ , वर्ष ३०को खिले भन्ने अमित घिमिरे र वर्ष २८ को अनिल दाहाल समेतले तत्काल उद्दार गरी नजिकमा रहेको नितान्त पोलिक्लिनिकमा लगेकोमा ताहा वाट थप उपचारकोलागी धरान घोपा पठाईएकोमा निजको उपचारको क्रममा ऐ २३ः १० वजेको समयमा मृत्यु भएको , तत्काल यस कार्यालयमा वाट प्रहरी टोली खटी गई घटनास्थल तथा वरामदी मुचुल्का लगायतको कार्य सम्पन्न गरी घटनामा संलग्न फरार प्रतिवादी प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक के.सी. (गिरी) समेतलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटीएको टोली र १ न. प्रदेश प्रहरी विराटनगरवाट खटी आएको सयुक्त प्रहरी टोलीले खोज तलास गर्दै जादा मिति २०७७।२।१९ गते १८ः०० वजेको समयमा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ११ खनार बुढीखोला पुलबाट पक्राउ गरि अनुसन्धान थालिएको छ ।

यो पनि: इटहरी २० तरहरामा गएराती छुरा प्रहार गरि एकको हत्या

यो पनि: तरहरा हत्याकाण्डःप्रहरीले घटनास्थल पुगि मुचुल्का उठायो, सीसीटिभी फुटेज हेर्दै प्रहरी

यो पनि: तरहरा हत्याकाण्ड :अत्याधिक मादकपदार्थ सेवन पछि आफ्नै साथीबाट यसरी भयो राजनको निर्मम हत्या

यो पनि: तरहरा हत्या काण्डमा संलग्न आफै प्रहरी सामु आत्मसर्पण गर्दै

यो पनि: तरहरा हत्या काण्डमा संलग्न ३ जनाद्धारा प्रहरी सामु आत्मसर्मपण