इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले २६ दिनमा ३ ओटा विज्ञप्ति निकालेका छन्, त्यो पनि आलोचित भएर । सार्वजनिक स्थानमा पत्रकारदेखि महिलासमेतलाई अपमानजनक व्यवहार प्रस्तुत गरेका कारण उनी आलोचित बनेका हुन् भने पटक पटक विज्ञप्ति निकाल्नुपर्ने बाध्यात्मक अवस्थाको सृजना भएको हो ।

घटना गत जेठ ८ गतेको हो । सार्वजनिक जमिन हडपेको आरोप लगेको इटहरीस्थित डिभिएम बोर्डिङ स्कुलमा डोजर चलाएर फर्किएका मेयर द्धारिकलालले नगरपालिकाका कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । सो कुराको प्रतिक्रिया लिन पुगेका पत्रकारदोय विकल रेग्मी र कृष्ण बहाव भट्टराई मेयरको अभद्र व्यवहारको सिकारमा परे । भट्टराईलाई पटक पटक अनुहार लोपारेका छन् । सो प्रकरण भाइरल समेत बन्यो । चौतर्फी आलोचना भएपछि पत्रकार महासङ्घले घटनाको भर्त्सना गर्‍यो । पत्रकार असुरक्षित भएको भन्दै विज्ञप्ति नै निकाल्यो ।

सिलसिला यहाँबाट सुरु हुन्छ । दबाबका बावजुुत मेयर द्धारिकलालले विज्ञप्ति निकाले । घटना भएको ४ दिन अर्थात् जेठ १२ गते द्धारिकलालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा पत्रकारमाथि भएको उक्त व्यवहारलाई तनावपुुर्ण स्थितिको संज्ञा दिएका थिए । उनले उक्त विज्ञप्तिमा भनेका थिए ‘...सञ्चारकर्मीसँगको संवाद लगायत यी सबै परिस्थितिले तनावपुुर्ण स्थिति बन्न गएको थियो । सोही परिस्थितिमा भएको कुराकानीका क्रममा पत्रकार मित्रहरूको भावनामा पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्दछु ।’
उक्त विज्ञप्तिमा मेयरले यति मात्र उल्लेख गरेका छैनन् । आउने दिनमा परिमार्जित र परिष्कृत हुनेपनि विश्वास दिलाएका छन् । ‘यस घटनाले आगामी दिनमा हामी सबैलाई थप परिमार्जित र परिष्कृत हुँदै जाने कुरामा सहयोग पुर्‍याउने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।
तर, उनले भनेअनुसार दिलाएको विश्वास डगमगाउन धेरै समय लागेन । त्यसको केही दिनपछि मेयरले प्रदेशपोर्टलकर्मी विराट अनुपमलाई नाकको डाँडी भाँच्न १ करोड छुट्ट्याएको धम्की दिए । घटनाकाे सर्वत्र अालाेचना भयाे । उनी यतिमै रोकिएनन् । थप आक्रमण हुँदै द्धारिकलालले हाम्रा सहकर्मीलाई भनेका छन् ‘जोगिएर हिँड्नु, तिम्रा लागि सुपारी दिएको छु ।’ यो सिधासिधि ज्यान मार्ने धम्की थियो ।

मिडियामा विरोध भएपछि मेयरले पुनः जेठ २६ गते एक विज्ञप्ति निकाले । जहाँ आवेगजन्य परिस्थितिका कारण उत्पन्न भनाइले पत्रकार र प्रेस जगतलाई पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै आफुले बोलेका शब्द फिर्ता लिएको उल्लेख गरे । उनले प्रेसलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने आफुले लिएको भ्रष्ट्राचार शुन्यसहनसिलताको अभियानलाई साथ दिने विश्वास पनि व्यक्त गरेका छन् ।

मेयरको उक्त व्यवहारले देशभर हलचल ल्यायो । नेपाल पत्रकार महासङ्घले आपत्ति जनायो । संघीय संसदमा समेत  मेयरलाइ कारवाही गर्न अावाज उठ्याे । महासङ्घको प्रदेश समितिले छानबिन बनायो । इटहरीमा आएर छानबिन गरी बनाइएको प्रतिवेदनले भन्यो – ‘पत्रकारले मेयरलाई उत्तेजित बनाए ।’
मेयरलाई यस कुराले ढाडस मिल्यो । उनले पत्रकारलाई पुनः गाली गर्न सुरु गरे । इटहरीका पत्रकार खान नपाएर दुुब्लाएको भन्दै पेसाकै अपमान गरे । उनको यो क्रम रोकिएन । प्रेसलाइ हेर्ने दृष्टिकाेण पुरानै रवैयाकाे भयाे । पत्रकारलाइ तल्लाेस्तरकाे गाली गरेकाे विषयमा न पत्रकार महासंघ सुनसरी शाखा बाेल्याे, न त प्रदेश शाखा नै । संस्थागत माैनताले के साँच्चै इटहरीका सबै पत्रकार खान नपाएरै दुब्लाएका हुन त ? रक्सी, खाजा खाएकाे बील नगरपालिकाले नै तिरिदिन्थ्याे त भन्ने प्रश्न उब्जिरह्याे । प्रतिवाद कहिबाट भएन । 

गत असार ४ गते इटहरीको वडा नम्बर १६ र १७ नम्बर वडाको विकृति विसङ्गतिको विरुद्धमा आयोजना गरिएको कार्यक्रममा मेयरले महिलाप्रति लक्षित गर्दै बोलेका शब्दले सिङ्गो महिलाको अस्मितामाथि धावा बोलेको भन्दै धेरैको ध्यानाकर्षण भयो । उनीप्रति महिलावादी संस्थाले भर्त्सना जारी गरे । महिला सञ्जालले मेयरको भनाइले महिलालाई चोट पुग्न गएको बतायो । सडक देखि संसद् सम्म कुरा पुगे । शुक्रवार प्रदेश एकको संसद्मा मेयर द्धारिकलालको विषयमा कुरा उठ्यो । प्रमुख विपक्षी नेपाली काँग्रेसकी सांसद विन्दिया कार्कीले मेयरलाई नेकपाले डामेर छाडेको साँढे हो भन्दै प्रतिप्रश्न गरिन् । साथै उनले महिलामाथि अपाच्य शब्द प्रयोग गरेर गाली गर्ने मेयर द्धारिकलाललाई पागलखाना लग्न सरकार समक्ष माग पनि गरिन् ।
विभिन्न अधिकारवादी दर्जनौँ संस्थाले मेयरको भनाइप्रति आपत्ति जनाए । मानवअधिकारवादी संस्था, महिला अधिकारवादी संस्थाले मेयरको भनाइले आम महिलाको अस्मितामाथि प्रहार भएको निष्कर्षसहित आपत्तिजनाएपछि भने बल्ल मेयरले शुक्रवार एक विज्ञप्ति निकाल्दै माफी मागे । यो माफी पहिलो पटक प्रयोग गरिएको विज्ञप्ति थियो । यस अघिका विज्ञप्तिमा माफी शब्द उच्चारण गर्न अटेर गरेका मेयरले भने यस पटक माफी मागे । पछिल्ला उनका अभिव्यक्ति यति खेर आलोचनाको विषय बनेका छन् ।
पार्टी पङ्क्तिबाट मेयरलाई बचाउ गरिएको भन्दै नेकपाप्रति जनआक्रोश बढ्दो छ । द्धारिकलालका अभिव्यक्तिप्रति पार्टीले देखाएको मौनताले यो जनआक्रोशलाई मलजल गरिरहेको छ ।

सम्बन्धित समाचारहरूः

१. इटहरीका मेयरले गरे पत्रकारलाई दुर्व्यवहार (भिडियाे)

२. इटहरीका मेयरले समाते पत्रकारकाे कठालाे, महासङ्घकाे आपत्ति

३. इटहरीका मेयरको पत्रकारलाई धम्की "तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु" (अडियाेसहित)

४. पर्शुराम बस्नेतको नाम जोड्दै मेयरले पत्रकार विराट अनुपमलाई भने, ‘सुपारी दिइसकेको छु आफ्नो सुरक्षा गर’

५. इटहरीका मेयरलाई बर्खास्त गर्नुपर्छः परशुराम बस्नेत

६. इटहरी उपमहानगरको औपचारिक कार्यक्रम बहिष्कार गर्ने पत्रकार महासङ्घको निर्णय

७. मेयर चौधरीलाई फौजदारी अपराधको मुद्दा चलाउन सङ्घीय सांसदको माग

८.काङ्ग्रेसको प्रश्न– ‘नेकपाको कार्यकर्ता भएपछि मान्छे मार्छु भन्न पाइन्छ हो ?’ (भिडियाेसहित)

९. गाउँका महिलाका छेउमा गएर इटहरीका मेयरले भने, ‘.ण्डी जिन्दावाद’

१०. ‘इटहरीका मेयरको अभिव्यक्तिले महिलाको अस्मितामाथि प्रहार’

११. इटहरीका मेयरलाई पागलखाना लग्न सांसदको आग्रह (भिडियाेसहित)